२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी तीव्र पारिएको छ ।
एक्स्पो सुरु हुने दिन नजिकिँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल सजाउन व्यस्त छन् । रातिसम्मै प्रदर्शनीस्थलमा स्टल निर्माण तथा सजावटको काम भइरहेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुँदै छ ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ । एक्स्पो संयोजक गौरव शारदाका अनुसार, एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ ।
नाइमा आयोजकका अनुसार, यो एक्स्पो नेपालमा हालसम्मकै ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी बन्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij