Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने


  • 827
    Shares

    प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने
    images

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चार वटा विधेयक प्रस्तुत हुने भएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा दुई मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको छ।

    दिउँसो १ बजे बस्ने बैठकको सुरुवातमा मन्त्रालयगत प्रश्नोत्तर हुने जनाइएको छ। जसअन्तर्गत परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । 

    त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले थप दुई वटा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ । जसमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समावेश छ।

    त्यस्तै, प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १७:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij