२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ मा तिलकुमारीको शव फेला परेको हो ।
विष्टले भने, ‘आइतबार ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएको थियो । पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको हो,’।
तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।
बुधबार रातिदेखि नै सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले उनीहरूको खोजी कार्यलाई जारी राखेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij