Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सर्वसाधारण धम्क्याउँदै हिँड्ने तीन जना पेस्तोलसहित पक्राउ

सर्वसाधारण धम्क्याउँदै हिँड्ने तीन जना पेस्तोलसहित पक्राउ


  • 750
    Shares

    सर्वसाधारण धम्क्याउँदै हिँड्ने तीन जना पेस्तोलसहित पक्राउ
    images

    काठमाडौं । कपिलवस्तु प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा २३ वर्षीय आशिष पाण्डे, २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । उनीहरूमाथि बहादुरगञ्जवासीलाई डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको आरोप छ । सोही सूचनाका आधारमा खोजी गर्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनीहरूबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । 

     

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १६:३४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij