Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कालिकोटको पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द

कालिकोटको पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द


  • 540
    Shares

    कालिकोटको पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
    images

    काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि सेवा बन्द गरिएको हो।

    पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालको सेवा बन्द भएको पुष्टि गरेका छन्। उनका अनुसार गत शुक्रबार अस्पतालभित्रै मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेका थिए।

    अस्पताल प्रशासनका अनुसार चिकित्सक र नर्समाथि सोही दिन दिउँसो अस्पताल परिसरमा र बेलुका उनीहरू बस्ने क्वार्टरमै पुगेर समेत कुटपिट भएको थियो।

    घटनाको कारण अस्पतालको वाइफाइ प्रयोग गरेर ओपीडी अगाडि मोबाइलमा भिडियो गेम खेलिरहेका केही व्यक्तिलाई स्वास्थ्य सेवा प्रभावित भएको भन्दै बाहिर जान आग्रह गर्नु रहेको बताइएको छ। त्यसक्रममा विवाद बढेपछि सुरक्षा गार्डले उनीहरूलाई हटाउन खोज्दा चिकित्सक र नर्समाथि आक्रमण भएको अस्पताल प्रशासनको भनाइ छ।

    अस्पतालमा कार्यरत नर्सले आफूहरूलाई लामो समयदेखि गालीगलौज र मानसिक तनाव दिइँदै आएको बताएकी छन्। उनले क्वार्टर सारिएको विषयलाई लिएर समेत विवाद हुँदै आएको र वाइफाइ प्रयोग गर्न नदिएको विषयमा आक्रमण भएको दाबी गरिन्।

    पलाँता गाउँपालिकाले घटनाको मुचुल्का तयार गरी सर्वपक्षीय छलफलमार्फत समाधान खोज्ने जनाएको छ। स्वास्थ्य संयोजक न्यौपानेका अनुसार चिकित्सक र नर्सको मुख्य माग दोषीमाथि कारबाही र न्याय रहेको छ।

    769129812_1574633484062189_6873835581353100952_n_n8g7bUylb7.jpg

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १६:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij