२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी १५औँ महाधिवेशनलाई सर्वसमावेशी बनाउनुपर्नेमा जोड दिँदै आफू कुनै पनि प्रकारको धम्की वा दबाबबाट विचलित नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए ।
सम्बोधनका क्रममा थापाले कडा शैलीमा आफूलाई कसैले डर देखाएर पछि हटाउन नसक्ने चुनौती समेत दिए । उनले भने, ‘म तर्साएर तर्सिन्न, थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्। म आफ्नो एजेन्डा र पार्टी सुधारको अभियानमा अडिग छु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij