Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गगन थापाको केन्द्रीय समितिमा ब्रिफिङ

गगन थापाको केन्द्रीय समितिमा ब्रिफिङ


  • 1.0K
    Shares

    गगन थापाको केन्द्रीय समितिमा ब्रिफिङ
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठन र गठबन्धनका सन्दर्भमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराएका छन् । 

    ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा ब्रिफिङ गर्दै सभापति थापाले प्रदेश सभाहरूलाई प्रतिपक्षी विहीन बनाउने कतिपय दलहरूको प्रयासलाई कांग्रेसले रोकेको दाबी गरेका छन् ।

    बैठकमा बोल्दै थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन सभा बनाउने विषयमा नेपाली कांग्रेसको नेपाली कमयुनिस्ट पार्टी  र नेकपा ९एमाले० सँग कुरा नमिलेको स्पष्ट पारेका छन् । 

    महामन्त्री थापाले कांग्रेसले लिएको यो सैद्धान्तिक अडानपछि मात्र अन्य दलहरूबिच नयाँ ढङ्गले सहमति बनेको बैठकलाई जानकारी दिएका छन् । उनका अनुसार कांग्रेसले सत्ताको भागबन्डाभन्दा पनि संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिएको हो।

    सानेपामा जारी केन्द्रीय समितिको बैठकमा थापाले प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन र कांग्रेसको भूमिकाबारे विस्तृत ब्रिफिङ गरिरहेका छन् ।

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १४:५८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij