२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन् । सामूहिक रूपमा एक पटक सबैसँग भेट गरिसकेका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन् ।
सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।
परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसकेका छन् । सभापति लामिछाने चीन भ्रमणमा जाने तयारीमा छन् ।
अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन जानुपर्नेमा उनी नजाने भएपछि परराष्ट्रमन्त्री खनाल आफैँ जाने तयारी गरिरहेका छन् ।
भोलिदेखि उनले राजदूतहरूसँग भेटघाट सुरु गर्दैछन् । सो भेटघाटपछि उनी विदेश भ्रमण जाने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij