Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नाडा अटो एक्स्पोमा डोङफेंगका बस सार्वजनिक हुँदै

नाडा अटो एक्स्पोमा डोङफेंगका बस सार्वजनिक हुँदै


  • 1.0K
    Shares

    नाडा अटो एक्स्पोमा डोङफेंगका बस सार्वजनिक हुँदै
    images

    काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेंगद्वारा उत्पादित बस नेपालमा सार्वजनिक गर्ने भएको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो एक्स्पो २०२६ मा कम्पनीले डोङफेंगका दुईवटा बस मोडल सार्वजनिक गर्ने तयारी गरेको हो । एक्स्पो आगामी भदौ २६ गतेदेखि सुरु हुँदैछ ।

    सन् १९६९ मा स्थापना भएको डोङफेंग चीनका ठूला अटोमोबाइल उत्पादकमध्ये एक हो। चीन सरकारको स्वामित्वमा रहेको यो कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन, बस, ट्रक, विद्युतीय सवारीसाधन, विशेष प्रयोजनका सवारीसाधन तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।

    पाँच दशकभन्दा लामो अनुभव रहेको डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा तथा नवीन प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाएको कम्पनीको दाबी छ। कम्पनीका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत विश्वका विभिन्न देशमा सञ्चालनमा छन्। 

    हाल डोङफेंगका उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्।

     नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति अघि बढाइरहेको तथा नेपाली बजारमा पनि ठूला विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर डोङफेंगका बस नेपाल ल्याइएको कम्पनीले जनाएको छ।

    नाडा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिने तयारी छ। निकट भविष्यमा यही कम्पनीका ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ।

    बसको मूल्य तथा अन्य प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गरिने बताइएको छ। कम्पनीका अनुसार सार्वजनिक हुन लागेका यी बसहरू नेपालमा हाल उपलब्ध अन्य ब्रान्डका बसको तुलनामा प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराउने तयारी छ।

    यसले एक्स्पोमा डोङफेंगका बसप्रति ग्राहकको चासो बढ्ने अपेक्षा गरिएको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको योजना समेत ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।

     

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १४:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij