२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ३२ औं विश्व आदिवासी दिवसका अवसरमा आईतवार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आ-आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रश्तुत गरेका छन् । सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक भेषभुषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन् ।
आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खुलामञ्चमा आयोजित उक्त समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ ।














© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij