Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे


  • 624
    Shares

    आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे
    images

    काठमाडौं । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएका पाइएको छ ।

    महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

    सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्धविच्छेदको मुख्य कारण भएको उनको ठम्म्याइ छ ।

    गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये सम्बन्धविच्छेदका ९५२ छन् । अदालतले ८१० मुद्दा निरुपण भएका छन् ।

    आर्थिक वर्ष २०८२/८३ मा अंशका २८७ मुद्दा दर्ता भएकामा १७९ किनारा लगाइएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १३:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij