२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुँदैछ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ ।
जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिएका छन् ।
गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij