२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिजको बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो ।
नेपालको तर्फबाट सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले सम्मेलनबाट हात झिकेपछि आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्ट २३-२९ सम्म नै गर्ने घोषणा गरेको हो ।
बैठकले सम्मेलनको संयोजकको जिम्मेवारी आफैंले लिने र १७औँ सेमिनार अब अनलाइन कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेको छ’ सल्लाहकार बोर्डको तर्फबाट फ्राँस्वाज रोबिन र उल्रिके रोएस्लरले जारी गरेको सूचनामा छ ।
तिब्बती मामिलाको संवेदनशीलताका कारण चीनले समेत सरोकार राखेपछि नेपाल सरकारले गत साता यो सम्मेनल नेपालमा गर्ने रोक लगाएको थियो ।
आइएटिएसको १७ औं सम्मेलन रोक्नका लागि मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सह(आयोजक काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका थिए ।
उक्त निर्देशनपछि आयोजक संस्थालाई नेपालमा कार्यक्रम हुननसक्ने मौखिक जानकारी गराइएको थियो । अहिले सम्म सम्मेलन रोकिएकोबारे नेपाल सरकारबाट लिखित सूचना प्राप्त नगरेको आयोजकले उल्लेख गरेका छन् ।
अब अनलाइनबाट हुने कार्यक्रम पूर्वनिर्धारित शैलीमै हुनेछ । सहभागीहरूले आफू जहाँ भए पनि त्यहीँबाट अनलाइन माध्यममार्फत सम्मेलनमा सहभागी हुन तथा आफ्ना शोधपत्ररप्रस्तुति प्रस्तुत गर्न सक्ने आयोजकले उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij