२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल मृत फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र सोही क्रममा आवेगमा आएर चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको छ भने घटनाको वास्तविक कारण र अन्य पक्षबारे अनुसन्धान जारी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij