Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गर्ने अच्युत दुलाल पक्राउ

वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गर्ने अच्युत दुलाल पक्राउ


  • 1.0K
    Shares

    वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गर्ने अच्युत दुलाल पक्राउ
    images

    काठमाडौं । वैदेशिक रोजगारीको नाममा ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा काभ्रेका ४२ वर्षीय अच्युत दुलाल रहेका प्रहरीले जनाएको छ। 

    काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि शनिबार प्रहरीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो।

    दुलालले क्यानडामा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ लिएको आरोप छ। 

    ठगी सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनी पक्राउ परेका हुन्। दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :श्रावण २४ २०८३ आइतवार - १०:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij