Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपालमा दैनिक ८२ सडक दुर्घटना, ७ जनाको मृत्यु

नेपालमा दैनिक ८२ सडक दुर्घटना, ७ जनाको मृत्यु


  • 673
    Shares

    नेपालमा दैनिक ८२ सडक दुर्घटना, ७ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा सडक दुर्घटनाको अवस्था झन् गम्भीर बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।

    आर्थिक वर्ष २०८२/८३ मा देशभर २९ हजार ९८८ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार दुर्घटनामा २ हजार ७०७ जनाको मृत्यु भएको छ। त्यस्तै ६ हजार ९७६ जना साधारण घाइते र ७ हजार ८०४ जना गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार चालू आर्थिक वर्षको तथ्यांकलाई दैनिक औसतमा हेर्दा नेपालमा ८२ वटा सडक दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा दैनिक औसत १३० जना घाइते र ७ जनाको मृत्यु हुने गरेको छ। दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल संलग्न भएका छन् । प्रहरीको विवरणअनुसार एक वर्षमा २६ हजार ४२४ मोटरसाइकल दुर्घटनामा संलग्न भएका छन्।

    त्यसपछि कार तथा जिप ६ हजार १७१ र टेम्पो ३ हजार ११६ दुर्घटनामा संलग्न भएका छन् । अघिल्लो आर्थिक वर्षमा २८ हजार ६९२ दुर्घटना भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर २९ हजार ९८८ पुगेको छ । प्रहरीको तथ्यांकले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि थप प्रभावकारी उपाय आवश्यक रहेको देखाएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २३ २०८३ शनिवार - १०:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij