Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मौसम पूर्वानुमान

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम


  • 890
    Shares

    यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम
    images

    काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

    विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 
     
    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेससहित सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । 

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागको भनाइ छ ।

    images
    प्रकाशित मिति :श्रावण २३ २०८३ शनिवार - ०७:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij