Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

अनसनरत डिल्ली हरिजन वीर अस्पतालको आइसीयूमा

अनसनरत डिल्ली हरिजन वीर अस्पतालको आइसीयूमा


  • 1.5K
    Shares

    अनसनरत डिल्ली हरिजन वीर अस्पतालको आइसीयूमा
    images

    काठमाडौं । अनसनरत डिल्ली हरिजनलाई वीर अस्पतालको आइसीयूमा उपचार थालिएको छ । चौथो दिनदेखि अनसनरत हरिजनलाई थप उपचारका लागि वीर अस्पतालको आइसीयूमा राखिएको हो । 

    परीक्षण रिपोर्ट अनुसार हरिजनको रगतको मात्रा र मिर्गौलाको अवस्था सामान्य देखिएको छ । तर, कलेजोको परीक्षण गर्दा बिलीरुबिनको मात्रा चाहिनेभन्दा केही बढी देखिएकाले कलेजोमा  असन्तुलन वा समस्या हुन सक्ने सङ्केत देखिएको छ । 

    पारिश्रमिक र श्रमको सम्मानलगायतका विभिन्न माग राखेर हरिजन साउन १९ गतेदेखि अनसनमा बसेका हुन् । सरकारले माग सम्बोधनमा पहल गरेको छैन । 

    हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग अघि सारेका छन्। यसैगरी, इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिसहरू तत्काल कार्यान्वयन गर्नुपर्ने उनको माग छ। 

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता सबै सरकारी तथा निजी शिक्षण संस्थामा लागु गर्न उनीहरूले माग गरेका छन् । 

     

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १७:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij