Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सुनकोशीमा हाम फालेका पराजुली दम्पती अझै बेपत्ता, ड्रोन र र्‍याफ्ट बोटबाट खोजी जारी

सुनकोशीमा हाम फालेका पराजुली दम्पती अझै बेपत्ता, ड्रोन र र्‍याफ्ट बोटबाट खोजी जारी


  • 1.4K
    Shares

    सुनकोशीमा हाम फालेका पराजुली दम्पती अझै बेपत्ता, ड्रोन र र्‍याफ्ट बोटबाट खोजी जारी
    images

    काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ।

    बेपत्ता दम्पतीको खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्।

    बुधबार साँझ करिब ६ः ३० बजे मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए।

    घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी अभियान सञ्चालन गरे पनि उनीहरू फेला नपरेपछि थप सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

    हाल सशस्त्र प्रहरीले र्‍याफ्ट बोट र ड्रोन क्यामेराको प्रयोग गरी नदी क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ। घटनाको कारणबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १६:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij