Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी

नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी


  • 1.2K
    Shares

    नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी
    images

    काठमाडौं । नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ। शरणार्थीबारे सामाजिक सञ्जालमा विभिन्न भ्रामक टिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो।

    नेपाल प्रहरीका अनुसार नेपालमा हाल भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सबैभन्दा धेरै भुटानी शरणार्थी रहेका छन्।

    प्रहरीको तथ्यांकअनुसार नेपालमा ६ हजार २७२ जना भुटानी शरणार्थी रहेका छन्। त्यस्तै, तिब्बती शरणार्थीको संख्या ३ हजार ५२७ रहेको छ भने रोहिंगा शरणार्थी ५२७ जना रहेका छन्।

    प्रवक्ता काफ्लेका अनुसार रोहिंगा शरणार्थीमध्ये ३६४ जना महिला र १६२ जना पुरुष रहेका छन्। उनीहरूमध्ये २१६ जना बालबालिका रहेका छन्।

    नेपालमा रहेका रोहिंगा शरणार्थीहरू काठमाडौंका कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठी क्षेत्रमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

    सामाजिक सञ्जालमा शरणार्थीको संख्या र अवस्थाबारे भ्रम फैलिन थालेपछि वास्तविक तथ्यांक सार्वजनिक गरिएको प्रहरीको भनाइ छ।

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १५:४३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij