Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण, १ हजार १३ जनाले दिए परीक्षा

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण, १ हजार १३ जनाले दिए परीक्षा


  • 757
    Shares

    नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण, १ हजार १३ जनाले दिए परीक्षा
    images

    काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी १ हजार १३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण भएका छन्।

    नतिजाअनुसार ६५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् भने १ जना परीक्षार्थी अनुपस्थित रहेका थिए। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार यसपटकको विशेष परीक्षाको समग्र उत्तीर्ण दर ९३.४८ प्रतिशत रहेको छ।

    देशगत विवरणअनुसार नेपालका मेडिकल तथा डेन्टल कलेजमा अध्ययन गरेका परीक्षार्थीको सफलता दर सबैभन्दा उच्च देखिएको छ। नेपालमा अध्ययन गरेका ९१९ जना परीक्षार्थीमध्ये ९०४ जना अर्थात् ९८.३७ प्रतिशत उत्तीर्ण भएका छन्।

    यस्तै पाकिस्तान र अमेरिकाबाट अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण दर शतप्रतिशत रहेको छ। भारतबाट सहभागी १७ जनामध्ये १३ जना अर्थात् ७६.४७ प्रतिशत उत्तीर्ण भएका छन् भने चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना मात्र सफल भएका छन्।

    बेलारुसबाट सहभागी एक जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।

    नेपालभित्रका मेडिकल शिक्षण संस्थाहरूको प्रदर्शन पनि सन्तोषजनक देखिएको काउन्सिलले जनाएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस लगायत १४ वटा कलेजका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।

    त्यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसका ८६ जनामध्ये ८४ जना अर्थात् ९७.६७ प्रतिशत र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ जनामध्ये ९८ जना अर्थात् ९६.०८ प्रतिशत परीक्षार्थी सफल भएका छन्।

    काउन्सिलका अनुसार विषयगत रूपमा कुल ३६ वटा विषयमध्ये अधिकांश विषयमा परीक्षार्थीको नतिजा सकारात्मक आएको छ।

    c1.jpg

    c2.jpg

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १५:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij