Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कांग्रेस इतर समूहको भेलालाई देउवाले सम्बोधन गर्ने

कांग्रेस इतर समूहको भेलालाई देउवाले सम्बोधन गर्ने


  • 1.0K
    Shares

    कांग्रेस इतर समूहको भेलालाई देउवाले सम्बोधन गर्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेला आयोजक समितिले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा सहभागी हुने जानकारी दिएको हो।

    भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्किने र त्यसपछि भेलामा सहभागी भएर सम्बोधन गर्ने बताए।

    उनले देउवा स्वदेश फर्किने क्रममा राज्यको तर्फबाट कुनै किसिमको धरपकड भए त्यसको विरोध गरिने चेतावनी दिए। कोइरालाले भने, “उहाँमाथि धरपकड भए विरोध गर्छौं।”

    जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा हाल पत्नी आरजु राणासहित हङकङमा उपचाररत छन्। उनीनिकट नेताहरूका अनुसार देउवा साउन २६ गते साँझ नेपाल फर्किने तयारीमा छन्।

    देउवाको नेपाल आगमनपछि राज्य पक्षबाट सम्भावित कारबाहीबारे आशंका व्यक्त गर्दै पत्रकारहरूले सोधेको प्रश्नमा कोइरालाले सरकारलाई सचेत गराउँदै यस्तो धारणा राखेका हुन्।  

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १४:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij