२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (बहुमत) ले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ५ देखि १० सम्म राष्ट्रिय सम्मेलन गर्ने जानकारी गराइएको हो ।
बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला‘कञ्चन’ले वर्तमान सरकार कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरुभन्दा बढी भ्रष्ट र जनविरोधी भएको आरोप लगाए । बास्तोलाले सुकुम्बासीमाथिको डोजर, प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाति अभिव्यक्ति, स्वकीय सचिवदेखि विभिन्न राजनीतिक नियुक्तिहरु लगायतका कदमहरुले बालेन सरकारको असली चरित्र उदाङ्गो भएको बताए ।
अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनीले साउन १४ गतेखि १६ गतेसम्म पोखरामा सम्मपन्न ६ टौं केन्द्रीय समितिको बैठकले पार्टीको महासचिव प्रणालीलाई अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण गरेको जनाए ।
वर्तमान सरकारको नीति किसान, मजदुर, श्रमिक, युवा, विद्यार्थी तथा राष्ट्रहितविपरीत रहेको आरोप लगाउँदै त्यसविरुद्ध राजनीतिक संघर्षलाई सशक्त बनाइने पनि जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij