२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) ले आफ्ना सांसदहरूले पाउने स्वकीय सचिवालयसम्बन्धी कार्यविधि पारित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले सांसदका स्वकीय कर्मचारीको मापदण्ड र व्यवस्थापनसम्बन्धी कार्यविधि अनुमोदन गरेको हो।
बैठकले संसद्मा विचाराधीन विधेयकहरूलाई प्रभावकारी र जनमुखी बनाउन गहन अध्ययन तथा विशेषज्ञसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले सरकारले ल्याएका विधेयकहरूलाई जस्ताको तस्तै पारित गर्दा भविष्यमा समस्या आउन सक्ने भन्दै आवश्यक परिमार्जन र सुधार गरेर मात्रै अघि बढाउनुपर्ने बताइन्।
उनले कानुन निर्माण प्रक्रिया जनताको आवश्यकता र जीवनसँग जोडिनुपर्ने उल्लेख गर्दै सरकारले जनजीविकासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।
अर्यालले विद्यार्थीलाई सैन्य तालिम दिने जस्ता विषयभन्दा शिक्षा, रोजगारी, नागरिकका समस्या र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुनुपर्ने बताइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij