Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जनताले हामीलाई कुरीकुरी गरिरहेका छन् : सांसद ध्रुवराज राई

जनताले हामीलाई कुरीकुरी गरिरहेका छन् : सांसद ध्रुवराज राई


  • 617
    Shares

    जनताले हामीलाई कुरीकुरी गरिरहेका छन् : सांसद ध्रुवराज राई
    images

    काठमाडौं । श्रम शक्ति पार्टीका सांसद ध्रुवराज राईले संसद्को कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले संसद्‌मा भइरहेको निरन्तरको अवरोध र निष्कर्षविहीन छलफलले जनतामा नकारात्मक सन्देश गएको बताएका छन्। 

    सांसद राईले जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘जनताले तपाईं हामीलाई, हामी नेपाली जनताका प्रतिनिधि भएर आएकाहरूलाई कुरीकुरी गरिरहेका छन्,’ उनले भने, ‘समस्याको समाधान नखोज्ने हो भने कतिञ्जेल यसरी नै कराउँदै बस्ने रु’

    एक जना सांसदले ४ मिनेट मात्र बोल्दा पनि संसद्को कति महत्त्वपूर्ण समय खर्च भइरहेको छ भन्ने कुराको ख्याल गर्न उनले आग्रह गरेका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १४:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij