Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै


  • 589
    Shares

    नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै
    images

    काठमाडौं । नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो ।

    यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको छ । 

    सो अनुसार काठमाडौं–नारिता–काठमाडौं उडान मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् । हाल सो उडान हप्तामा तीन वटा सञ्चालन हुँदै आएको छ ।

    काठमाडौं–दुबई को नियमित उडानमा ७ जुलाई २०२६ मा गई इटालीमा विमानको विस्तृत प्राविधिक मर्मत सफलतापूर्वक सम्पन्न गरी ६ अगस्ट २०२६ मा काठमाडौंमा अवतरण गरेको हो । 

    उक्त जहाज निगमको नियमित उडान सञ्चालनमा आइसकेको छ । सी–चेक विमानको निर्धारित अवधिमा गरिने महत्त्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो ।

    त्यसैगरी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाई दुबईको नियमित उडानका लागि निगमले पुर्‍याउने स्थलगत सेवाको तयारी पूरा भएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १४:०४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij