२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ । ‘सभापतिको स्वास्थ्यमा समस्या आएको कारण स्थगित गरिएको’ सूचनामा उल्लेख छ ।
यो कार्यसूची अब आगामी बैठकमा अगाडि बढ्ने पनि सचिवालयले जनाएको छ ।
समितिको आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन पेस र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij