२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि
पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।
गुरुङको काठमाडौंस्थित स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारीलगायत सहभागी भएका थिए । गृहमन्त्री गुरुङले पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
ब्रोड पिकको हिमपहिरोमा परी पुरबहादुर गुरुङ, निर्मल पुर्जालगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको मृत्यु भएको थियो । मृतकमध्ये गुरुङको शव बिहीबार नेपाल ल्याइएको थियो ।
गोरखाको लाप्राकका गुरुङले दश पटक सगरमाथाको सफल आरोहण गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए ।
हिमाल आरोहण क्षेत्रमा लामो अनुभव र योगदान दिएका गुरुङको निधनले नेपाली पर्वतारोहण क्षेत्र स्तब्ध बनेको छ ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij