Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पूर्ण तयारीकासाथ नाट्टा निर्वाचनमा होमियो भरतजंग पाण्डेको प्यानल

पूर्ण तयारीकासाथ नाट्टा निर्वाचनमा होमियो भरतजंग पाण्डेको प्यानल


  • 806
    Shares

    पूर्ण तयारीकासाथ नाट्टा निर्वाचनमा होमियो भरतजंग पाण्डेको प्यानल
    images

    काठमाडौं । यही साउन २९ गते सम्पन्न हुने ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)’ को ५९औँ वार्षिक साधारणसभासँगै हुने २५औँ कार्यसमिति निर्वाचनका लागि चुनावी दौडधूप तीव्र बनेको छ । 

    ट्राभल व्यवसायीहरूको सबैभन्दा ठूलो संस्था ‘नाट्टा’ निर्वाचनमा व्यवसायीहरू विभिन्न प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।
    यसैबिच अध्यक्ष पदका उम्मेदवार भरत जंग पाण्डे नेतृत्वको प्यानल पनि पूर्ण तयारीका साथ निर्वाचनमा होमिएको छ । आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनलाई लक्षित गर्दै टोलीले “सशक्त नाट्टा, समृद्ध पर्यटन ः सदस्यसँगै, सदस्यका लागि” भन्ने नारासहित चुनावी अभियान सुरु गरेको जनाएको छ ।

    प्यानलअनुसार एभरेष्ट मिरेकल ट्राभल्स एण्ड टुर्स का सञ्चालक भरत जंग पाण्डे अध्यक्ष पदका उम्मेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभल सर्भिस का सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एण्ड टुर्स की सबिता केसी भट्टराई, महासचिवमा वल्र्ड फेभर ट्राभल एण्ड टुर्स का राजकुमार देवकोटा, सचिवमा रुपसे होलिडेज का रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभल की डिकी शेर्पा तथा सह–कोषाध्यक्षमा ह्याम्लेट टुर्स एण्ड ट्राभल्स का जीवन कोइराला उम्मेदवार रहेका छन् ।

    कार्यसमिति सदस्य पदका उम्मेदवारमा रोयल ट्राभल्स एण्ड टुर्स का दिनानाथ पाण्डे (प्रकाश), शुभम् ट्राभल्स एण्ड टुर्स का दिनेश मैनाली, सोदिप ट्राभल एण्ड टुर्स का दीपक मरासिनी र ८ आइज ट्राभल एण्ड टुर्स का नबिन गुरुङ, प्रभास ट्राभल एण्ड टुर्स का प्रकाश लोहनी, आर्य भिलेज ट्राभल की सरला सापकोटा, हाम्रो होलिडेज का सुमनलाल श्रेष्ठ तथा सिटी कनेक्ट ट्राभल्स एण्ड टुर्स की स्वस्तिका प्रधान रहेका छन् ।

    पाण्डेको समूहले अनुभवी तथा युवा पर्यटन व्यवसायीहरूको संयोजनमार्फत नाट्टामा प्रभावकारी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । टोलीले पर्यटन क्षेत्रको नीतिगत सुधार, पर्यटन व्यवसायीको व्यावसायिक हकहितको संरक्षण तथा नाट्टालाई समयानुकूल, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १२:२८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij