Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शनिबार झापा, इलामसहितका जिल्लामा विद्युत् अवरुद्ध हुने

शनिबार झापा, इलामसहितका जिल्लामा विद्युत् अवरुद्ध हुने


  • 512
    Shares

    शनिबार झापा, इलामसहितका जिल्लामा  विद्युत् अवरुद्ध हुने
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कामका कारण शनिबार केही जिल्लामा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

    प्राधिकरणका अनुसार मोरङस्थित केरौन १३२\३३ केभी सबस्टेशनका उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं। ६८-६९ बीच डेड एन्ड टावर जडान कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा प्रभावित हुने भएको हो ।

    विद्युत् आपूर्ति शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहने प्राधिकरणले जनाएको छ । यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।

    प्राधिकरणले निर्धारित प्राविधिक काम सम्पन्न भएपछि विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याइने जनाएको छ । काम तोकिएको समयभन्दा अगावै सकिएमा सेवा पनि समयमै सुचारु गरिने बताइएको छ ।

    विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - ११:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij