Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बहुमतका केन्द्रीय नेता तिलक पुन मगर पक्राउ

बहुमतका केन्द्रीय नेता तिलक पुन मगर पक्राउ


  • 848
    Shares

    बहुमतका केन्द्रीय नेता  तिलक पुन मगर पक्राउ
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर ५ का इन्चार्ज तिलक पुन मगर पक्राउ परेका छन् । उनी बिहीबार राति दाङबाट पक्राउ परेका हुन् । 

    पार्टीका प्रवक्ता उदय चलाउनेद्वारा  शुक्रबार जारी विज्ञप्तिमा तिलकलाई घरमै बसिरहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको दाबी गरिएको छ। पार्टीले उक्त घटनाप्रति घोर आपत्ति र भर्त्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    विज्ञप्तिमा पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ संगठन विस्तार र विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै जिम्मेवार नेताको पक्राउ नागरिकको मौलिक हक तथा वर्तमान संविधानको भावना विपरीत भएको दाबी गरेको छ।

    नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले तिलकलाई तत्काल ससम्मान रिहा गर्न माग गर्दै त्यसो नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। 

    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - ११:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij