Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

२५० रुपैयाँको सामान किन्दा, उपभोक्ताले पाए सरकारको १० लाख पुरस्कार

२५० रुपैयाँको सामान किन्दा, उपभोक्ताले पाए सरकारको १० लाख पुरस्कार


  • 988
    Shares

    २५० रुपैयाँको सामान किन्दा, उपभोक्ताले पाए सरकारको १० लाख पुरस्कार
    images

    काठमाडौं ।  केवल २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको १५ दिनको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरका उपभोक्ताले जितेका हुन् ।

    उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास होस् भन्ने उद्देश्यले सरकारले यो नगद उपहार योजना सञ्चालन गरेको हो । योजना अनुसार बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने प्रत्येक महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार जित्ने व्यवस्था गरिएको छ ।

    नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी बिल लिने सबै उपभोक्ता यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - १०:२२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij