Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एसएलसी फेल शिक्षकको तलब पनि ३४ हजार नाघ्यो

एसएलसी फेल शिक्षकको तलब पनि ३४ हजार नाघ्यो


  • 1.1K
    Shares

    एसएलसी फेल शिक्षकको तलब पनि ३४ हजार नाघ्यो
    images

    काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब विवरणअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलब वृद्धि गरिएको छ। नयाँ व्यवस्थाअनुसार एसएलसी अनुत्तीर्ण भएका शिक्षकहरूले समेत मासिक ३४ हजार रुपैयाँभन्दा बढी तलब पाउने भएका छन्।

    नयाँ तलबमानअनुसार प्राथमिक तहमा कार्यरत दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण शिक्षकको मासिक तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम गरिएको छ। दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकले भने ३६ हजार ४ सय ४५ रुपैयाँ पाउनेछन्।

    प्राथमिक तहका एसएलसी उत्तीर्ण शिक्षकतर्फ तृतीय श्रेणीको ४३ हजार ४ सय २८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३ सय ८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ तलब तोकिएको छ।

    यस्तै, निम्न माध्यमिक तहका शिक्षकमध्ये तृतीय श्रेणीले ४८ हजार ३ सय ८७ रुपैयाँ, द्वितीय श्रेणीले ६० हजार ८ सय ७४ रुपैयाँ र प्रथम श्रेणीले ६३ हजार ९ सय ४ रुपैयाँ मासिक तलब पाउनेछन्।

    माध्यमिक तहका शिक्षकहरूको तलब सबैभन्दा बढी कायम गरिएको छ। नयाँ दरअनुसार माध्यमिक तह तृतीय श्रेणीका शिक्षकले ६० हजार ८ सय ७४ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले ६७ हजार ९ सय ७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकले ७४ हजार ९ सय ५८ रुपैयाँ मासिक तलब पाउनेछन्।

    सरकारले यो नयाँ तलबमान २०८३ साल साउन १ गतेदेखि लागू हुने जनाएको छ। शिक्षकहरूले अन्य निजामती कर्मचारीसरह ग्रेड रकम तथा तलब वृद्धिपछि कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था गरिएको छ।

    सरकारी नीतिका कारण हालसम्म एसएलसी उत्तीर्ण नगरेका शिक्षकहरू समेत प्राथमिक तहमा कार्यरत रहँदै आएका छन्।

    ttt_olgGxWvMvp.png

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij