२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नारायणी नदी सतर्कता तह पार भएको छ । बिहीबार (साउन २१) बिहान चितवनको देवघाटस्थित जलमापन केन्द्रमा नारायणी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणीमा बहाव अझै बढ्दो क्रममा छ । तल्लो तटीय क्षेत्र र नदी आसपासका स्थानमा आज रातिसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“साउन २१, बिहान ११ः१६ बजे । नारायणी नदी देवघाट, चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा उच्चसम्मै उच्च सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij