Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नेपाल आउँदै भारतीय सेना प्रमुख

नेपाल आउँदै भारतीय सेना प्रमुख


  • 925
    Shares

    नेपाल आउँदै भारतीय सेना प्रमुख
    images

    काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ साउन ३१ गते (अगस्ट १६) काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

    गत असार १५ गते भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठको नेपाल भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ।

    नेपाल र भारतबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण हुन लागेको नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले उच्च सरकारी तथा सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १२:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij