Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

काठमाडौंको बसुन्धरामा अचेत भेटिएका गोरखाको एक पुरुषको मृत्यु

काठमाडौंको बसुन्धरामा अचेत भेटिएका गोरखाको एक पुरुषको मृत्यु


  • 2.0K
    Shares

    काठमाडौंको बसुन्धरामा अचेत भेटिएका गोरखाको एक पुरुषको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो साँझ अचेत फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

    गोर्खा घर भई हाल काठमाडौंको टोखा बस्ने ४२ वर्षीय धनराज थापाको त्रिविस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

    हिजो साँझ पौने ६ बजे सडकमा अचेत अवस्थामा फेला परेका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:४२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij