Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति, पाँच वटा मोटरसाइकल पनि पुरिए

गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति, पाँच वटा मोटरसाइकल पनि पुरिए


  • 638
    Shares

    गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति,  पाँच वटा मोटरसाइकल पनि पुरिए
    images

    काठमाडौं । गोरखामा पहिरोले पेट्रोलपम्प र घरमा क्षति पुगेको छ । गोरखा नगरपालिका–११ बाह्रकिलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ कोलकोटेमा एक घरमा क्षति पुगेको हो ।

    बिहीवार बिहान करिब ६ बजे पेट्रोल पम्प पछाडिको भागबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र सो स्थानमा पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकल पुरिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ ।

    यसैगरी बुधबार राति लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको एक तले पक्की घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ‘भूकम्पपछि बनाएको घर रहेछ,’ डिएसपी श्रेष्ठले भने, ‘पहिरोले क्षति पुगेपछि अहिले उहाँहरु पुरानै घरमा बस्नुभएको छ ।’

    घटनामा मानवीय क्षति नभएको र प्रहरी टोली सो स्थानमा खटिसकिएको उनले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij