२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा नेपालका एक नागरिकलाई भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रहरीले पक्राउ गरेको छ ।
पिथौरागढ प्रहरीले साइबर अपराधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत नेपाल दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ उडइका ३२ वर्षीय वीर भान राम लावडलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।
उनीविरुद्ध बलुवाकोट प्रहरी चौकीले भारतको सूचना प्रविधि ऐन, २००० को धारा ६७ (बी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा फेसबुकमार्फत बालयौन दुर्व्यवहारसम्बन्धी सामग्री विभिन्न व्यक्तिलाई पठाइएको र प्रसारण गरिएको खुलेको प्रहरीले जनाएको छ ।
प्राविधिक विश्लेषणबाट उक्त सामग्री प्रसारण गर्न प्रयोग भएको मोबाइल सिम बलुवाकोटकी एक महिलाको नाममा दर्ता भए पनि प्रयोग भने उनका भाइ वीर भान राम लावडले गरिरहेको पाइएको थियो।
पक्राउपछि अदालतमा पेस गरिएका लावडलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको भारतीय प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij