२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् ।
संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् ।
इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij