Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सबैभन्दा बढी वर्षा रौतहटमा

सबैभन्दा बढी वर्षा रौतहटमा


  • 1.1K
    Shares

    सबैभन्दा बढी वर्षा रौतहटमा
    images

    काठमाडौं । मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ ।

    विभागका अनुसार देशका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको सङ्गोलीमा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६.० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम मनाङको हुम्डेमा १०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको विभागले जनाएको छ ।

    विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७.६ मिलिमिटर रहेकोमा हालसम्म जम्मा ५८.२ मिलिमिटर वर्षा मात्र मापन भएको छ ।

    हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी नियमित सूचना अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १७:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij