Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन

मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन


  • 848
    Shares

    मर्दी हिमाल पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन
    images

    काठमाडौं । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्कर्प विहीन भएका हुन् ।

    बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी विरेन्द्र पासवानका अनुसार उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । ‘बिहान ८ बजेतिर सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नरहेको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनीहरुको मोबाइल अफ भएको छ । उक्त क्षेत्रमा नेटवर्कले पनि राम्रो काम नगर्ने हुँदा लोकेसन ट्रयाक गर्न समस्या भएको छ ।’

    पोखरा १४ खसिबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षकै दिपेश गुरुङ सम्पर्क विहीन भएका हुन् । उनीहरु हराएको सूचना बिहान ११ बजे पाएको र तत्कालै प्रहरी टोली परिचालन गरिएको पासवानले बताए ।

    प्रहरीसँगै स्थानीय व्यवसायीको टोली पनि खोजीमा लागेको छ । 

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १५:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij