Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा

निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा


  • 652
    Shares

    निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
    images

    काठमाडौं । पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिक हिम पहिरोमा परी दुःखद निधन भएपछि उनको फाउन्डेसनले राहत कोषको घोषणा गरेको छ । 

    निम्सदाइ फाउन्डेसनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीडित परिवारको सहयोगार्थ विशेष राहत कोषको घोषणा गरेको फाउन्डेसनले आफ्नो सामाजिक सञ्जालमा मार्फत जानकारी दिएको हो ।

    ‘फाउन्डेसनले आफ्ना संस्थापक गुमाउनुपर्दाको अकल्पनीय शोकका बिच पनि ब्रोड पिक हिम पहिरोमा ज्यान गुमाएका अन्य गाइडका परिवारहरूलाई आर्थिक र मानसिक सहारा प्रदान गर्ने उद्देश्यका साथ ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ को स्थापना गरेको हो,’ फाउन्डेसनले इन्स्टाग्राममा पोस्ट राख्दै भनेको छ ।  

    ‘हिमाल आरोहणमा खटिने प्रत्येक गाइड र टोलीका सदस्यहरूको पछाडि उनीहरूमाथि नै आश्रित परिवारहरू रहेका हुन्छन्, जसले यतिबेला अकल्पनीय पीडा र हृदयविदारक परिस्थितिको सामना गरिरहेका छन्,’ फाउन्डेसनले भनेको छ ।   आफ्ना संस्थापक निम्स पुर्जा बाहेक यो राहत अभियान पूर्ण रूपमा हिम पहिरोमा ज्यान गुमाउने अन्य गाइडका परिवारहरूमा मात्र केन्द्रित रहने फाउन्डेसनले स्पष्ट पारेको  छ ।

    ठुला पर्वतारोहण दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्ने आफ्नो परोपकारी मूल उद्देश्यअनुरूप नै फाउन्डेसनले यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन विश्वभरका पर्वतारोहण प्रेमी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।  

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij