Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सूचना प्रविधि अधिकृत घुससहित पक्राउ

सूचना प्रविधि अधिकृत घुससहित पक्राउ


  • 1.1K
    Shares

    सूचना प्रविधि अधिकृत घुससहित पक्राउ
    images

    काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

    भुक्तानी रकममा कमिसन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट सोमबार नियन्त्रणमा लिएको हो ।

    तामाङलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १७:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij