Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले नेता थपलिया अस्पताल भर्ना, वीर अस्पतालमा उपचार हुँदै

एमाले नेता थपलिया अस्पताल भर्ना, वीर अस्पतालमा उपचार हुँदै


  • 1.1K
    Shares

    एमाले नेता थपलिया अस्पताल भर्ना, वीर अस्पतालमा उपचार हुँदै
    images

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

    सोमबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा बोल्दाबोल्दै असहज महसुस गरी बेहोस भएका थपलियालाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि आराम गरिरहेका उनलाई मंगलबार थप उपचारका लागि वीर अस्पताल सारिएको पारिवारिक स्रोतले जनाएको छ।

    थपलियालाई उच्च रक्तचाप र सुगरको मात्रा बढेको समस्या देखिएको बताइएको छ। ओली निवासमा भएको छलफलका क्रममा बागमती प्रदेशको मुख्यमन्त्री चयनको विषयमा विवाद भएपछि उनलाई तनाव बढेको स्रोतको दाबी छ।

    एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि भक्तपुरका किरण थापालाई अघि बढाउने तयारी गरेपछि थपलिया असन्तुष्ट बनेको बताइएको छ।

    यता एमाले सचिव महेश बस्नेतले भने थपलियाको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र बोल्दाबोल्दै गला अवरुद्ध मात्रै भएको बताएका छन्। तर छलफलमा सहभागी केही नेताहरूले भने ओलीसँगको भनाभनपछि थपलियाको स्वास्थ्यमा समस्या देखिएको बताएका छन्।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १६:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij