Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मोटरसाइकल दुर्घटनापछि साथीको हत्या गर्ने चालक पक्राउ

मोटरसाइकल दुर्घटनापछि साथीको हत्या गर्ने चालक पक्राउ


  • 1.0K
    Shares

    मोटरसाइकल दुर्घटनापछि साथीको हत्या गर्ने चालक पक्राउ
    images

    काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीकोको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

    दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी घर भई हाल ठाकुरबाबा–७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा–९ बेथहनीका २७ वर्षीय आसाराम थारु भने घटनापछि सम्पर्कविहीन भएका थिए।

    घटनाको अनुसन्धान गर्ने क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ।

    अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामा रहेका आसारामलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। त्यसपछि मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएको प्रहरीको भनाइ छ।

    घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १६:४१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij