Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

ज्ञवाली क्युबा प्रस्थान

ज्ञवाली क्युबा प्रस्थान


  • 995
    Shares

    ज्ञवाली क्युबा प्रस्थान
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली क्युबाको राजधानी हावाना प्रस्थान गरेका छन् ।

    क्युबामा आयोजना हुन गइरहेको ‘कम्युनिष्ट र श्रमिक पार्टीहरूको २४ औँ अन्तर्राष्ट्रिय बैठक’ मा एमालेको तर्फबाट सहभागी हुन उनी आज हावाना प्रस्थान गरेको विदेश विभागका सदस्य विष्णु रिजालले बताए ।

    क्युबाली कम्युनिष्ट पार्टीको आयोजनामा आगामी साउन २२ देखि २४ गतेसम्म हावानामा हुने २४ औँ अन्तर्राष्ट्रिय बैठकमा विश्वका १०० भन्दा बढी देशका कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको सहभागिता रहने जनाइएको छ ।  एमाले त्यसको कार्यदलको सदस्य समेत रहेको छ । एमाले विदेश विभागले पूर्वमन्त्री ज्ञवालीलाई विदाइ गरेको थियो । 

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १६:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij