Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

श्रम संस्कृति पार्टीको सरकारमाथि प्रश्न : ‘सेना गठन गर्ने छुट कसले दियो ?’

श्रम संस्कृति पार्टीको सरकारमाथि प्रश्न : ‘सेना गठन गर्ने छुट कसले दियो ?’


  • 778
    Shares

    श्रम संस्कृति पार्टीको सरकारमाथि प्रश्न : ‘सेना गठन गर्ने छुट कसले दियो ?’
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । 

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताएका छन् । सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाएका छन् । 

    सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेनाप्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’

    राईले भने, एउटा सांसदलाई आफ्नै देशमा निर्बाध रूपमा हिँडडुल गर्न पाउने अधिकार छैन ? यो कस्तो कानुनी राज्य हो कि जङ्गली राज्य ? मैले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर कारबाहीको माग गरेको छु, तर कारबाही भयो कि भएन ?,’। 

    सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १४:०१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij