Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मुख्यमन्त्री बानियाँले मागे पाँच दलको साथ, सरकार जोगाउन समर्थन जुटाउने प्रयास

मुख्यमन्त्री बानियाँले मागे पाँच दलको साथ, सरकार जोगाउन समर्थन जुटाउने प्रयास


  • 897
    Shares

    मुख्यमन्त्री बानियाँले मागे पाँच दलको साथ, सरकार जोगाउन समर्थन जुटाउने प्रयास
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको निरन्तरता र राजनीतिक स्थिरताको आधार देखाउँदै प्रदेशसभामा रहेका अन्य राजनीतिक दलसँग औपचारिक रूपमा समर्थन माग गरेका छन् ।

    मुख्यमन्त्री बानियाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलका संसदीय दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाउँदै वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टीसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

    नेकपा (एमाले)ले गत साउन ६ गते सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् । संवैधानिक व्यवस्थाअनुसार उनले आगामी भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

    मुख्यमन्त्री बानियाँले नयाँ गठबन्धनबाट तत्काल सरकार बन्ने अवस्था नरहेको उल्लेख गर्दै प्रदेशमा राजनीतिक अन्योल अन्त्य गर्न सहयोग आवश्यक रहेको बताएका छन् । नीति, कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा सरकार परिवर्तनको खेलले विकास निर्माण प्रभावित हुने उनको तर्क छ ।

    पत्रमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संघीयताको सुदृढीकरण र प्रदेशको समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

    यसअघि मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठकमार्फत दलहरूसँग छलफल गरेका थिए । उनले नयाँ गठबन्धनले बहुमत जुटाउन सके सरकार गठनका लागि सहज रूपमा बाटो खोलिदिने बताएका थिए । तर आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन पनि दलहरूको समर्थन खोजिरहेका छन् ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १३:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij