२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसंग नरहेको आरोप लगाएका छन्। मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गरेका छन् । २३ लाख रिफिल हुनुपर्ने ग्यास सिलिण्डर कहाँ छ ? उनको प्रश्न छ । उनले बजार अनुगमन गर्न नियामक निकाय चुकिरहेको बताएका छन् । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति भइरहेको दाबी गरेपनि उपभोक्ता भने अझै लाइनमा बस्न बाध्य रहेको बताएका छन् ।
उनले निगमले टेकुबाट मात्रै ग्यास वितरण गरेको उल्लेख गर्दै सबै डिपोबाट ग्यास वितरण गर्न आग्रह गरेका छन् । यसअगाडी समितिको बैठकमा निगमले नै एक साताभित्र समस्या समाधान हुने आश्वासन दिएपनि १९ दिन बितिसक्दा समेत अवस्था नफेरिएको उनको आरोप छ ।
उनले भने, ‘२३ लाख सिलिन्डर रिफिल हुनुपर्ने त्यो भएन भन्ने कुरा आयो, २३ लाख सिलिन्डर कहाँ गयो रु हामीसँग डाटा पनि छैन रु डाटा कलेक्सन गरेर यो २३ लाख सिलिन्डर कहाँ गयो पत्ता लगाउन पर्दैन ? फेरी ग्यास आपुर्ती पनि २० प्रतिशत बढी आएको छ, तर उपभोक्ता गएर लाइन बसिरहेका छन्, पाएका छैनन् । सिलिन्डर छ भने कोही ट्याक्सी लिएर ग्यास आउँदैन । फेरि अघि कस्तो गैरजिम्मेवारी कुरा गर्नुभयो भने तपाईंको टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुरको मान्छे, कीर्तिपुरको मान्छे, तपाईंको बसपार्कको मान्छे कुना कुनाबाट तपाईंको टेकुमा लाइन बस्न आउँछ ? यस्तो गैरजिम्मेवारी कुरा गरेर मैले टेकुबाट दिइराखेको छु भनेर तपाईंले भन्न पाइन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij