Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने


  • 806
    Shares

    दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने
    images

    काठमाडौं । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आफू नेपाल आउने बताएकी छन् ।

    पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हुन्

    पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताइन् ।

    भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको सांसद रानाले जानकारी दिए । 

    भारतस्थित नेपाली कांग्रेस निकटको जन सम्पर्क समितिको कार्यक्रममा गएका बेला सांसद राना नेतृत्वको समूहले दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री गुप्तालाई भेटेको हो ।

    सो समूहमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी, कांग्रेस नेत्री सुनिता कुँवर, कांग्रेसका युवा नेताद्वय सुशान्त आचार्य र जीवन तिवारीलगायत थिए ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १२:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij